Viral Entertainment From All Over

अब मलेसिया जाने कामदारको भिसा खर्च रोजगारदाता ले बेहोर्ने

अब रोजगारको लागि मलेसिया जाने नेपाली कामदारको लाग्ने सबै भिसा खर्च मलेसियन रोजगारदाताले बेहोर्न भएको छ । नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदा सहमति भएपछि नेपालि कामदारको लाग्ने सबै भिसा खर्च मलेसियाले बेहोर्नेमा सहमति गरेको हो ।

मलेसियामा कामदार आपूर्ति बारे समस्या सुल्झाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बैदेशिक महाशाखा प्रमुख कृष्ण ज्ञावाली को संयोजकत्वमा गएको नेपालि टोलीले मलेसिया सरकार संग उक्त सहमति गरेको हो ।

नेपाली टोलिसँग शुक्रबार भएको सो वार्तामा त्यहाँका सरकारी उच्च अधिकारीले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले बेहोर्ने सहमति गरेको मलेसियाका लागि नेपाली राजदुत कुमार खरेलले बताए । राजदुत खरेलका अनुसार दुवै पक्षले आन्तरिक प्रक्रिया पुरा गरी छिट्टै मलेसियाका श्रम मन्त्रि नेपाल आएर नेपाली श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिस्ट संग हस्ताक्षर गरेर यसले पूर्ण रूप लिनेछ ।

कुनै बेला नेपालि कामदारहरुको रोजगारका लागि प्रमुख गन्तव्य मानिएको मलेसिया श्रम सम्झौतामा केहि सहमति नमिलेपछि नेपाल सरकारले मलेसिया जान नै रोक लगाएको थियो हाल रोजगारको लागि मलेसिया जान श्रम स्वीकृति बन्द भएको हिजो भएको नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदा सहमति पछी रोजगारको लागि मलेसिया जना बाटो खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *