Viral Entertainment From All Over

आइजीपी खनाल भन्छन्, ‘नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउँछु’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकामा रहेको वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित ५ तल्ले भवनको उद्घाटन समारोहमा बोल्दै उनले प्रहरीलाई एशियाकै उत्कृष्ट बनाउने बताएका हुन् । नेपाल प्रहरी अहिले प्रादेशिक स्तरमा उत्कृष्ट रहेको बताउँदै उनले प्रहरी संगठन मजबुद बनाउँदै जाने बताए । आइजीपी खनालले जनताले अनुभूत गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए ।

अपराध नियन्त्रणसँगै बचेको समय सामाजिक अभियानमा लगाउनसमेत उनले प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी संगठनको कार्य सम्पादन उत्कृष्ट हुनुपर्ने बताउँदै महानिरीक्षक खनालले त्यसमा आम नागरिकको सहयोग र सहकार्यको आवश्यकता समेत औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *