Viral Entertainment From All Over

कहाँ छन्, विप्लव ?

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीलाई अहिले सरकारले विशेष निगरानी राखेको छ ।
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्चले पटक–पटक रिहाई गर्न आदेश दिए पनि सरकारले बारम्बार पक्राउ गरिररहेको छ । सर्वोच्चबाट पटक–पटक रिहाई भए पनि सर्वोच्चकै अदालतबाट उनलाई पटक–पटक सरकारले गिरफ्तार गरिरहेको छ ।
विप्लव नेतृत्वको नेकपाको गतिविधि अराजक भएको भन्दै विप्लवप्रति विशेष निगरानी राखेपछि विप्लवका कयौँ नेताहरु अहिले सम्पर्कविहिन छन् ।
विप्लव नेतृत्वको नेकपाका दर्जनभन्दा बढी केन्द्रिय स्तरका नेताहरुलाई सरकारले पक्राउ गरिसकेको छ । विप्लवका नेताहरुलाई खोजी गर्ने कार्य सरकारले जारी राखेको छ ।
तर, तिनै महासचिव विप्लव कहाँ छन् ? सरकारले विशेष निगरानीमा राखेसँग विप्लव अहिले नेपालबाहिर छन् । विप्लवको खोजीकार्य सरकारले जारी राखेपछि विप्लव अहिले भारतमा विशेष सेल्टर स्थापना गरेको बसेको उनको पार्टीका एकजना केन्द्रीय नेताले उज्यालो नेपाललाई बतायो ।

‘महासचिव कमरेड अहिले भारतमा हुनुहुन्छ’ उनले भने, ‘सरकारले उहाँलाई विशेष निगरानी राखेपछि उहाँ सुरक्षाका लागि भारत गएर बस्नुभएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *