Viral Entertainment From All Over

के तपस्वी रामबहादुर बम्जनले आनीलाई बलात्कार गरेकै हुन् ?

काठमाडौं । तपस्बी रामबहादुर बम्जनमाथि एउटा गम्भिर आरोप लागेको छ । बारा जिल्लास्थित एक जंगलमा तपस्यामा बसेपछि चर्चामा आएका तपस्वी बम्जनमाथि एक महिलालाई बलात्कार गरेको गम्भिर आरोप लागेको हो ।
सिन्धुलीमा बम्जनको गुम्बामा आनी बन्न गएकी एकजना महिलालाई तपस्वी बम्जनले बलात्कार गरेको भन्दै शनिबार ललितपुरमा पत्रकार सम्मेलन भयो । १८ वर्षीया ती युवतीले महिला अधिकारकर्मी भनिएकाहरुलाई राखेर पत्रकार सम्मेलन गरिन्, र बम्जनले आफलाई पटकपटक बलात्कार गरेको आरोप लगाइन् ।
ती युवतीले पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला तपस्वी बम्जनले आफूलाई लगातार बलातर गरेको उनको आरोप छ । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताएकी उनले पत्रकार सम्मेलनमा भनिन्, ‘ममाथि पटक(पटक गुरुले बलात्कार गर्नु भयो । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन ।’
बम्जनले बलात्कार गरेकै हुन् ?
आनीलाई बम्जनले बलात्कार गरकै हुन् ? हामीले बम्जन निकटका केही आफन्तजनसँग यसको बारेमा उत्तर खोज्ने प्रयास गर्यौ । तर उनीहरुले आनीले रकम चोरी गर्दै उक्त कुरा बाहिर आउने डरले बलात्कारको आरोप लगाएको बताए । रकम चोरी कसरी भएको थियो ? आनी तपस्वी बम्जनलाई बलात्कारको आरोप लगाउने स्थितिसम्म कसरी पुगिन् ? वा बम्जनले बलात्कारी गरेकै हुन् ? हाम्रो प्रश्नमा बम्जनका आफन्तले बम्जनसँगै भेटेर कुराकानी गर्ने वातावरण मिलाइदिने भन्दै हामीलाई जवाफ दिन मानेनन् । उनीहरुले यति भने, ‘आनीलाई बम्जनले बलात्कार गरेका छैनन्, केवल चोरीको आरोप लुकाउन उनले यो आरोप लगाएका हुन् ।’ यसको विषयमा विस्तृत जानकारी हामी चाँडै प्रकाशन गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *