Viral Entertainment From All Over

के मोटो मान्छेले यौन सन्तुष्टि दिन सक्दैन । यस्तो छ डाक्टर सुमनको सल्लाह ! स्वास्थ नै धन हो तेसैले सबैले हेरेर सक्दो शेयर गरौ

डा. सुमनको सल्लाह
भोक, निद्रा, प्यास जस्तै यौन पनि मानवीय आवश्यकता हो । उमेर, परिस्थिति तथा व्यक्तिअनुसार यौनको चाहना पनि फरक–फरक हुन्छ, तर यौन उत्तेजना नै नहुनु तथा यौन सन्तुष्टि प्राप्त गर्न नसक्नुलाई गम्भीर कुरा मानिन्छ । यसका पछाडि शारीरिक वा मानसिक वा दुवै कारण हुन सक्छन् । व्यक्ति विशेषको स्वास्थ्य समस्या, यौनप्रतिको विगतको नकारात्मक अनुभव, मानसिक चिन्ता, शारीरिक थकान, यौनसाथीसँगको खटपट आदिले पनि यौनेच्छामा कमी आउन सक्छ ।विभिन्न अध्ययनअनुसार अधिक तौल अर्थात् मोटोपनले पनि यौन क्रियाकलापमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अधिक तौल भएका व्यक्तिको शरीरमा बोसो थुप्रिने र यसमा यौनेच्छा कामेच्छा जगाउने रसायानिक तत्व (हार्मोन) टाँसिने हुनाले यौन चाहनामा कमी आउन सक्छ । पुरुषको दाँजोमा महिलामा विवाहपछि तौल बढेको पाइन्छ ।

अधिक मोटोपन भएका व्यक्ति न्यूनतम दैनिक क्रियाकलापबाटै थाकिसक्ने र अधिक निद्रा लाग्ने भएकाले उनीहरू यौनका मामिलामा अल्छी हुन थाल्छन् । महिला र पुरुषबीच यौन आकर्षण बढाउने विभिन्न तत्व मध्ये छरितो जीउडाल पनि एक हो । अधिक मोटोपनले यौनसाथीप्रतिको आकर्षण घटाउन सक्छ । यसै कारणले मोटोपन भएका व्यक्तिको आत्मविश्वासमा कमी आउनुका साथै उनीहरू साथीसंगीहरूमाझ घुलमिल गर्न पनि हिचकिचाउँछन् । यसैगरी मोटोपन भएकी महिलामा महिनावारीसम्बन्धी गडबडी हुनसक्छ, जसले गर्दा उनीहरूमा यौनसम्पर्कप्रति नै नकारात्मक धारणाको विकास हुन्छ । मोटोपनकै कारण उनीहरूले आत्मग्लानि महसुस गरी यौनकार्यमा संलग्न हुन अनिच्छा प्रकट गर्छन् ।

मोटोपन भएका व्यक्तिले प्रेमालाप गर्न तथा सम्बन्ध बढाउन पनि गार्‍हो हुन सक्छ । यौन क्रियाकलापका दौरान अधिक मोटोपनले विभिन्न आसन उपयोग गर्न गार्‍हो हुन्छ । त्यसैले सफल यौनक्रियाका लागि आवश्यक पर्ने विविधतामा कमी आउन सक्छ । मोटा व्यक्तिहरू कुनै काम गर्दा चाँडै थकाइ लाग्ने, सास फुल्ने तथा अत्यधिक पसिना आउने कारणले कालान्तरमा शारीरिक तथा मानसिक दुवै रूपमा यौनक्रियाबाट टाढा रहन चाहन्छन् । मोटा व्यक्तिहरू मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोलजस्ता समस्याबाट ग्रसित हुन्छन् । त्यस्ता स्वास्थ्य समस्यामा प्रयोग गरिने कतिपय औषधिले व्यक्तिको यौन उत्तेजना तथा क्षमतामा नकारात्मक असर पुर्‍याउन सक्छ । यही कारणले पनि यस्ता समस्या भएका मानिसमा यौनप्रति नकारात्मक धारणाको विकास भएको पाइन्छ ।

अधिक मोटोपनले गर्दा आफ्नो यौन जीवनमा समेत असर गर्न थालेको आभास भयो भने आफ्नो जीउडाल छरितो बनाउनुपर्छ । नियमित व्यायाम गर्नुका साथै हरियो सागपात तथा फलफूल बढी खानुपर्छ । चिल्लो एवं गुलियो पदार्थ, नुनिलो तथा जङ्क फुड सकेसम्म कम खाने । हल्का पेयपदार्थ एवं मदिरा पनि कम पिउने । एकै ठाउँमा अर्थात् बसेरै काम गर्ने बानीमा परिवर्तन ल्याउनुपर्छ । सम्भव भएसम्म आफ्नो दैनिकीलाई चलायमान राख्नुपर्छ । उदाहरणका लागि भातको सट्टा रोटी वा च्याँख्ला खाने, नियमित व्यायाम गर्ने, मर्निङ वाक वा जगिङ जाने कार्यमा आफ्नो यौन साथीलाई सघाउनुपर्छ ।मोटोपन घट्न थालेपछि त्यसका लागि प्रोत्साहन दिनुपर्छ वा उत्साहित गर्नुपर्छ । आफ्नो यौन साथीको अधिक तौलका कारण यौनिक क्रियाकलापमा कमी ल्याउनु हुँदैन । कुनै औषधिको सेवनले यौनेच्छा कमी गराएको वा गराउन सक्ने भए सम्बन्धित चिकित्सकसँग परामर्श गरी वैकल्पिक औषधि सेवन गर्नुपर्छ । मोटोपन भएका व्यक्ति वा दम्पतीबीच पनि यौन क्रियाकलापका दौरान पाकक्रीडा, यौन छेडखानी तथा स्पर्शले पर्याप्त यौन सन्तुष्टि प्राप्त गर्न मद्दत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *