Viral Entertainment From All Over

खानेपानी मन्त्री बिना मगरको सपना पूरा हुँदै, प्रचण्डले मोदीसँग गरे छलफल

काठमाडौं । नेपाली जनतालाई खानेपानीको सेवा सुविधा पुर्याएपछि विदेशमा हिमालको पानी विदेशमा बेच्ने खानेपानी मन्त्री बिना मगरको सपना पूरा हुने भएको छ ।

खानेपानी मन्त्री मगरले पटक–पटक नेपालका हिमतालका पानी विदेशमा बेच्ने बताउँदै आएकी छिन् । मन्त्री मगरको यो योजनालाई केहीले पूरा नहुने सपनाको रुपमा समेत व्याख्या गर्दै आएका छन् ।

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका हिमतालको पानी अन्तर्राष्ट्रिय बजारमा बेच्नेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेका छन् । भारत भ्रमणमा रहेका प्रचण्डले शनिबार मोदीसँगको भेटका क्रममा नेपालको पानी बेच्ने सन्दर्भमा कुराकानी गरेका हुन् ।

प्रचण्डको सचिवालयले भनेको छ, ‘एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भयो ।’ सचिवालयले जनाएअनुसार प्रचण्डको प्रस्तावमा मोदी सकारात्मक छन् । मन्त्री मगरको योजना अनुसार नै प्रचण्डले उक्त प्रस्ताव मोदीसँग राखेका हुन् ।

प्रचण्डले मोदीसँग यो विषय उठासँगै मन्त्री मगरको सपना पूरा हुने दिशामा अगाडि बढेको विश्लेषकहरु बताउँछन् । मन्त्री मगरले नेपालको पानी विश्वबजारमा बेचेर सरकारको समृद्धिको यात्रालाई सहयोग गर्ने बताउँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *