Viral Entertainment From All Over

गृहमन्त्री थापा भन्छन्, ‘मन्त्रिमण्डल हेरफेर हुने कुरा हल्ला मात्रै हो’

काभ्रे । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रिमण्डल हेरफेर हुने कुरा हल्ला मात्रै भएको बताएका छन् । जिल्ला सहकारी संघ काभ्रेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभामा बनेपा आइपुगेका उनले पत्रकारसँग बोल्दै मन्त्रिमण्डल हेरफेरबारे चलेको हल्ला सत्य नभएको बताएका हुन् । ‘मन्त्रिमण्डल हेरफेरको कुरा हल्ला मात्रै हो, अहिले मन्त्रिमण्डल हेरफेर हुँदैन’ उनले भने ।

त्यसैगरी मन्त्री थापाले पार्टी एकताको प्रक्रिया चलिरहेको बताउँदै एकताको सन्दर्भमा कुनै पनि असन्तोष र असहमति नरहेको समेत बताएका छन् । सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने धारणा राखेका उनले समृद्ध राष्ट्र निर्माणका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताएका थिए ।

गृहमन्त्री थापाले जिल्ला सहकारी सङ्घले प्रकाशन गरेको सहकारीसम्बन्धी पुस्तक जुइनोको दोस्रो अङ्क समेत विमोचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *