Viral Entertainment From All Over

जनकपुरको जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने

विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रतिक्षामा रहेको हिन्दूरुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरलाई प्रदेश सरकारले सौन्दर्यीकरण गर्ने योजना अघि बढाएको छ ।
प्रत्येक वर्ष लाखौ श्रद्धालु जम्मा हुने जानकी मन्दिरलाई थप आकर्षक बनाउन प्रदेश सरकार अग्रसर भएको हो । प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा जानकी मन्दिर सौन्दर्यीकरण योजना अघि सारिएको हो ।प्रदेश नं. २ को राजधानी समेत रहेको जनकपुरस्थित जानकी मन्दिरमा विश्वभरिकै हिन्दूहरुलाई कम्तीमा एकपटक आउनै पर्ने वातावरण बनाउने घोषणा गरेका मुख्यमन्त्री राउतले पहिलो चरणमा जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्रलाई थप सौन्दर्यीकरण गर्ने योजना सारेका हुन् ।पहिलो चरणको सौन्दर्यीकरणका लागि करिब ७ करोड खर्च हुने लगत स्टिमेट तयार गरिएको छ । केही दिन भित्रै ठेक्का प्रक्रियामा लाने तैयारी भैरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार लगत स्टिमेट र डिजाइन तैयार भैसकेको छ । जानकी मन्दिरसँग सम्झौता भए लगतै टेण्डर प्रक्रियामा जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *