Viral Entertainment From All Over

तपस्बी रामबहादुर बम्जनलाई बलात्कार गरेको आरोप लगाउने गंगा मोक्तान को हुन् ?

काठमाडौं । तपस्बी रामबहादुर बम्जनमाथि अहिले एउटा गम्भिर आरोप लागेको छ । ललितपुरमा पत्रकार सम्मेलन गरी बम्जनसँग आनी बन्न गएकी एक युवतीलाई उनले बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् ।
ती युवतीको नाम, गंगा मोक्तान हुन् । उनको गृहजिल्ला रौतहट रहेको खुलेको छ । उनी रौतहट जिल्लास्थित गुजारा नगरपालिका वडा नं. २ मा जन्मिएकी हुन् । बुवा रणे बम्जनले उनलाई झण्डै २ वर्षअघि आनी बनाउन भन्दै बम्जनकहाँ लगेका थिए ।
गंगाका बुवा रणेका अनुसार गंगा बच्चादेखि नै छुच्ची र चकचकी थिइन् । बच्चादेखि नै चकचक गर्ने, ध्यान रहन नसक्ने बानी रहेकी उनलाई ध्यानमा राख्न उनका बुवा रणेले बम्जनकहाँ लगेका हुन् ।
तर, गंगाले बम्जनसँगै ध्यानमा बस्दा बहुमुल्य सामानहरु चोरी गरेकी थिइन् । बम्जनसँगै रहेका एकजना अनुयायी भन्छन्, ‘एकदिन ८ लाख रुपियाँ चोरी गर्दैगर्दा गंगा रंगेहात फेला परिन्, त्यसपछि यहाँको धर्मसभाले निज गंगा मोक्तानलाई पदच्युत गरि संघबाट निश्कासन गर्यौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *