Viral Entertainment From All Over

दुबईमा छोरालाई मृत्युदण्डबाट बचाउन ६० लाख रुपैया ब्लड मनी जुटाउनु पर्ने भएपछी बूढी आमाको आखामा टिलपिल आशु, भन्छिन – छोरालाई भेट्न नपाई मर्छुकी क्याहो ! (भिडियो सहित)

तेहथुम, । धन कमाउन भनि दुबई गएको छोरालाई मृत्यु दण्ड दिने खबर आए पछी बृद्द आमाको बलिन्धारा आशु झरिरहेको छ । बिगत ४ बर्षदेखि दुबईको जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्कबहादुर जोगीलाई ब्लडमनी संकलन गर्न नसक्दा उनको परिवारजन चिन्तामा परेका छन् । केहि महिना ब्लड मनी रकम जम्मा नगरे उनलाई फाँसीको सजाय हुने बताइएको छ ।
परिवारको एक मात्र कमाउने व्यक्ति त्यो पनि विदेशको जेलमा भएपछी परिवारको के हालत होला अन्दाज लगाउन सकिन्छ । युएईको अबुधाबी स्थित अल गल्फ डेभलोपमेन्ट कम्पनीमा कार्यरत जोगी ड्युटी जाने क्रममा उनिसंगै गाडीमा बसेका एक फिलिपिनो नागरिक गाडीबाट झरेको र कम्पनीका सुपरभाईजरको निर्देशनमा आफैले अस्पताल लादा घाईतेको मृत्यू भएपछि स्थानीय अदालतले जोगीलाई हत्या नै गरेको कसुरमा ५ बर्ष जेल र दुईलाख दिराम (नेपाली ६० लाख रुपैया) ब्लड मनी जरिवाना तोकेको थियो ।
तोकिएको ब्लड मनी जम्मा नगरे उनलाई फाँसीको सजाय हुने भएकाले त्यति ठूलो रकम कसरी जम्मा गर्ने भनेर आफुहरु चिन्तामा परेको पीडा उनकी पत्ती डम्माकुमारी जोगी बताउछिन ।बाबा जीवन मरणको अवस्थामा विदेशमा रहेको हुदा छोरीले पनि पढाई छोडेर घर गृहस्तीमा बोजु र आमालाई सघाउन थालेकी छिन । पुरा भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *