नमस्कार नगरेको भन्दै तत्कालीन एमालेबाट जितेका वडाध्यक्षले शिक्षकलाई गरे दुव्र्यवहार
काठमाडौं । विद्यालय पुग्दा आफूलाई नमस्कार नगरेको भन्दै गुल्मीका एकजना शिक्षकमाथि वडाध्यक्षले दुव्र्यवहार गरेका छन् ।गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १० का तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष पदम अर्यालले भगवती माध्यमिक विद्यालयका शिक्षक गोपाल विष्टलाई दुव्र्यवहार गरेका हुन् ।कक्षामा कम्प्युटर विषय अध्यापन गराइरहँदा वडाध्यक्ष अर्यालय कक्षामा प्रवेश गरेका थिए । अध्यक्ष अनुगमनमा आए होलान्, भन्ने सोचेर विष्ट धमाधम पढाउनतिर लागे ।
वडाध्यक्ष अर्याल अनय कक्षाकोठा पनि घुमेर कार्यालय फर्के र शिक्षक विष्टलाई आफू भएको ठाउँमा आउन खबर पठाइदिए । सोही अनुरुप विष्ट गए, विष्ट कुर्सीमा बस्न नपाउँदै अध्यक्ष अर्यालले तैले मलाई नमस्कार नगर्ने भन्दै हप्काउन थाले। पिडित शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले त सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लो स्तरमा झरेर गाली गरेको बताए।
आफू मौन रहेको अबस्थामा पनि वडा अध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होईन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको शिक्षक बिष्टले बताए।
Source:ujyaalonepal