Viral Entertainment From All Over

निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद : राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् ।
राष्ट्रिय बालअधिकार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन ध्यानाकर्षण गराईन् ।
उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको बताइन् । राष्ट्रपतिले बालमैत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्नुपर्ने बताइन् ।
उनले बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।
उनले बाल अधिकार हनन्का घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गरिन् ।
राष्ट्रपतिले बालबालिका भोलिको सक्षम र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *