Viral Entertainment From All Over

प्रधानमन्त्री ओली भन्छन्, ‘पुसबाट नेपालका खोलाहरुमा पानीजहाज चलाउँछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको पुसबाट नेपालका खोलाहरुमा पानीजहाज चलाउने दावी गरेका छन् ।

ओली वंशको साधारणसभाममा बोल्दै उनले आगामी वर्षको पुसबाट पानीजहाज चलाउने बताएका हुन् । ‘ असोज १ गतेबाट नेपाल र भारतको संयुक्त टोलीले नदीको बाटो हुँदै कोलकाता जाने रुटको सर्वेक्षण गर्ने तयारी छ, अब आगामी वर्षको पुसबाट नेपालका नदीहरुमा पानीजहाज चलाउँछौँ’ उनले भने ।

राजधानीको बाटोको समस्या हल गर्न मेलम्ची खानेपानी आयोजना पुरा हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भत्किएको बाटो मर्मत गर्न अझै ६ महिना लाग्ने बताए ।

मेलम्चीको काम सम्पन्न भएर उपत्यकामा पानी आएको दुई वर्षभित्र सबै बाटोको स्तरोन्नति गरिने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि तराईका कुनै पनि बस्ती डुबानमा नपर्ने भन्दै सुरक्षित बस्ती कसरी बसाउने भन्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको बताए ।

Source: ujyaalonepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *