Viral Entertainment From All Over

बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश

आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २ शून्य गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३ शून्यले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो ।

खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाएका थिए । नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *