Viral Entertainment From All Over

बलात्कारीलाई कारबाही गर्न खोज्दा सरकार ढाल्न खोजियो -गृहमन्त्री

गुल्मी- गृहमन्त्री राम बहादुर थापा बादलले सरकारले अपराधीहरूलाई कारबाही गर्न खोज्दा भित्रभित्रै सरकार ढाल्ने षड्यन्त्र भईरहेको बताएका छन् । शनिबार थापाको गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा विश्व मुटु दिबसको उपलक्ष्यमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले उक्त कुरा खुलाएका हुन् ।

उनले बर्तमान सरकारले देशलाई सम्बृद्ध बनाउन खोज्दा प्रतिगामी तत्वहरु सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए । थापाले बलात्कारी,भ्रस्टाचारि अपराधिलाई सरकारले कारबाही गर्न लाग्दा अपराधीलाई संरक्षण गर्न तत्वहरु जुर्मुराएको बताएका छन ।
सरकार भित्रका राजनीतिक दलको पार्टी र सरकार बाहिराका राजनीतिक पार्टीहरु देशमा सुशासन भन्दा पनि अपराधिक क्रियाकलाप ईसु बनाएर सरकारको बिरोध गर्ने र भित्रभित्रै तिनै अपराधीलाई कारबाही गर्ने नदिने तत्वहरुले गर्दा नै पछिल्लो समयमा अपराधीहरुको मनोवल उच्च भएको उनको दावी छ ।

बलात्कारीलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै थापाले बलात्कारीलाई फाँसीको सजाय कानुनमा राख्न जनताहरुले पनि आवाज उठाउनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *