Viral Entertainment From All Over

बलिउडका अर्का महारथी दीपिका र रणवीरको विवाह तोकियो : पाहुनाहरूलाई मोबाइल बोक्न निषेध !

एजेन्सी । बलिउड सुन्दरीहरू एकएक गरेर लगनगाँठो कस्दै छन् । र घरबार बसाल्नेप्रति उनीहरू कतिसम्म गम्भीर देखिन थालेका छन् भने पछिल्लो समय पूर्व विश्वसुन्दरी समेत रहिसकेकी प्रियंका चोपडाले आफ्ना प्रेमी निकसँग समय बिताउन ‘भारत’ जस्तो बहुप्रतीक्षित फिल्म नै छोडिदिइन् ।त्यस्तै भारतीय क्रिकेट कप्तान विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अनुष्का शर्मा पनि आफ्नो वैवाहिक जीवनबारे अत्यन्त गम्भीर देखिछिन् । बलिउड सुन्दरी हरूमा निकै चर्चित र पछिल्लो समय निकै सफल समेत रहेकी दीपिका पादुकोणको विवाहको मिति पनि सार्वजनिक भइसकेको छ ।बलिउड हंगामाले प्रकाशित गरेको एउटा समाचार अनुसार उनले चाडैं अभिनेता रणवीरसिँहसँग विवाह गर्ने भएकी छिन् । रणवीर र दीपिका लामो समय देखि एक अर्कालाई डेट गर्दै थिए । बलिउड हङ्गामाका अनुसार रणवीर र दीपिका १२ नोभेम्बरमा विवाह गर्दैछन् । उनीहरूको विवाह इटलीको लेक कोमो सहरमा हुने भएको छ ।प्रकाशित समाचार अनुसार यस विवाह समारोहमा केही ‘विशेष’ व्यक्तिहरूलाई मात्र निम्ता दिइएको छ । साथै उक्त विवाह समारोहमा अतिथिहरूलाई मोबाइल बोक्न समेत प्रतिबन्ध लगाइएको छ । अर्थात यस समारोहका तस्बिरहरू सहज रूपमा सामाजिक संजालमा आउन पाउने छैनन् । यी दुवै बलिउड हस्तीहरू विगत पाँच वर्षदेखि सँगै छन् र उनीहरूले एक-अर्कालाई आफ्नानिम्ति शुभ मान्ने गर्दछन् । यस वर्षको सुरुमै यी दुबैको मुख्य भूमिका रहेको फिल्म पद्मावत रिलिज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *