Viral Entertainment From All Over

बादललाई गृहमन्त्रीबाट हटाउन प्रधानमन्त्रीले पाएन अनुमति, प्रचण्डले भने, ‘अहिले नहटाउनुस्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाट अनुमति नपाएको खबर छ ।

हालै भएको भेटका क्रममा ओलीले बादललाई गृहबाट हटाउनुपर्ने तर्क गरेका थिए । त्यसका लागि ओलीले प्रचण्डको साथ खोजेका थिए । तर, प्रचण्डले बादललाई तत्काल हटाउन अनुमति नदिएको प्रधानमन्त्री सचिवालयका एकजना सदस्यले उज्यालो नेपाललाई बतायो ।

‘जनमानसमा बादलजीले गरेको कामको राम्रै चर्चा छ, अहिले तत्काल बादलजीलाई हटाउन मिल्दैन’ प्रचण्डले प्रधानमन्त्रीसँग भनेका छन्, ‘केही समय उहाँको कार्यसम्पादन हेरौँ, भएन भने पछि विचार गरौँला ।’

ओलीले भने आफ्नो लक्ष्य अनुसार काम नगरेको भन्दै बादलसहित अन्य मन्त्रीहरुलाई हटाउनुपर्ने तर्क राखेका छन् । नेकपाको सचिवालय बैठकमा ओलीले यो विषयमा कुरा उठाउन समेच प्रचण्डसँग अनुमति लिएको जनाएको छ ।

बादलले सिण्डिकेट हटाउनेदेखि सुन तस्करीलाई कारबाहीको दायरामा ल्याउने लगायतका काममा आफ्नो कदम अगाडि बढाएका थिए ।

Source: ujujyaalonepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *