Viral Entertainment From All Over

मलेसियामा रक्सी पिउँदा ६ जना नेपालीको मृत्यु, १६ जना गम्भीर [दुतावासको विज्ञप्ति/नामावलीसहित]

मलेसिया । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ६ नेपाली सहित १५ जनाको ज्यान गएको मलेसियन प्रहरीले जनाएको छ । रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ । जसमा सबैभन्दा बढी नेपाली रहेका छन् । १५ जना नेपाली, २ जना मलेसियन र २ बंगलादेशी नागरिक बिरामी छन्।
बिरामी परेका उनिहरुलाइ सुङ्गई बुलो अस्पताल, ब्यान्टिंग अस्पताल र क्वालालम्पुर अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको स्थानीय संचारमाध्यमले जानकारी दिएका छन। यसअघि ज्यान गुमाउने ७ जनामध्ये ४ जना नेपाली थिए। थप २ जनाले ज्यान गुमाएर नेपालीहरुको संख्या ६ पुगेको दुतावासले जनाएको छ । पछिल्लो पटक थपिएकाको बारेमा भने केही खुलाइएको छैन।
उनीहरुले तीन वटा रक्सी खाएको पाइएको छ। स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाए अनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएपछि उनीहरु बिरामी भएका हुन्। घटनाको पूरा बिवरण आउन बाकी रहेको हुदा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ भने यता मलेसिया स्थित नेपाली दूतावासले घटना बारे हाल सम्म कुनै जानकारी दिएको छैन।मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ भने १६ जना नेपाली बिरामी भएका छन्। मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना भएका थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। घटनाबारे जानकारी लिन उनी राति नै अस्पताल पुगेका थिए।
उपचाररत जितबहादुर माझी
मदिरा सेवनपछि बिरामी भएपश्चात् उनीहरुलाई सुंगाइबुलो, कजांग, क्लाङ, बान्टिङ अस्पताल लगिएको थियो । उपचार गराएर केही नेपाली फर्किइसकेका छन् । घटना सार्वजनिक भएलगत्तै त्यहाँस्थित टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए ।

Source:janaboli

Leave a Reply

Your email address will not be published. Required fields are marked *