Viral Entertainment From All Over

महानगर ले जोड्यो काठमाडौंमा ६ स्थान फ्री वाईफाई

काठमाडौ महानगरपालिकाले उपत्यका भित्र विभिन्न स्थानमा फ्री वाईफाई जडान गरेको छ । वल्ड लिंगक संगको सहकार्यमा महानगरले आइतबारदेखि महानगरपालिकाका ६ स्थानमा फ्री वाईफाई क्षेत्र घोषणा गरेको हो ।

महानगरपालिकाले उपत्यका प्रमुख सम्पदाहरु पशुपति , बाइसधारा, बौद्ध , स्यम्बू , बसन्तपुर क्षेत्र फ्री वाईफाई क्षेत्र बनाएको छ । आइतवार महानगरपालिका मेयर बिध्या सुन्दर शाक्यले सो क्षेत्रलाई फ्री वाईफाई क्षेत्र घोषणा गरेका हुन्।

पर्यटकीय क्षेत्र रहेको उक्त सम्पदाको पार्कमा वाईफाई सेवा सञ्चालन गर्ने बारे जेष्ठ १८ गते वल्ड लिंगक बिच महानगरपालिकाले सम्झौता गरेकाे थियो।

१० एमबीपीएस व्यान्विथ क्षमता भएको उक्त वाईफाई पशुपति क्षेत्रमा ११ वटा एक्सेस प्वाइन्ट राखिएका छन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, बालाजु बाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र बसन्तपुरमा ९ वटा प्वाइन्ट छन्।

एउटै प्वाइन्टले लगभग सय देखि १ सय 35 जनाले एकै पटक सेवा लिन पाउने छन् । एकजना व्यक्तिले करिब ३० मिनेट सम्म फ्री वाईफाई सेवा लिन पाउने छ । प्रयोगमा लिएको डिभाइसको ३० मिनेट पुगे पछी अटोमेटिक रुपमा वाईफाई डिसकनेक्ट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *