Viral Entertainment From All Over

मह खानुभएको छ ? यस्तो छ, मह खानुका फाइदाहरु

एजेन्सी । महले किटाणुहरुलाई मार्ने कुरामा कुनै दुई मत छैन । अनुसन्धानकर्ताहरु महको प्रयोग इकोलाई, साल्मोनेला आदि किटाणुको विरुद्ध निकै प्रभावकारी रहने जनाएका छन् ।

न्युजिल्याण्डमा पाइने ‘मनुका’ नामक मह र मलेसियामा पाइने ‘तुअलांग’ नामक मह पेप्टिक अल्सर गराउने किटाणु ‘एच पाइरोली’ को विरुद्ध लड्न निकै फाइदाजनक हुने बताइएको छ । महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ ।

यसकारण पनि महलाई घाउ ठिक पार्न प्रयोग गरिन्छ । यस्तै अल्सर, जलेको छाला, विविरा आदिलाई ठिक गर्न पनि निकै प्रभावकारी मानिन्छ ।खेलाडीहरुलाई खेलको दौरान के खाँदा बढी शक्ति र स्टामिना प्राप्त हुन्छ भन्ने विषयमा बहस भैरहेको छ । यसैक्रममा युनिभर्सिटी अफ मेम्फिसमा गरिएको एक अध्ययनमा खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुमा महको सेवन ग्लोकोजको सेवन भन्दा बढी फाइदाजनक रहने पाइएको छ । यसको मतलव तपाईँ नियमित जीम तथा व्यायममा सक्रिय हुनुहुन्छ भने महको सेवन गर्न नभुल्नुहोला ।मधुमेह भएको मुसामा गरिएको एक अध्ययनले महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्ने पाइएको छ । तर विशेषज्ञहरु भने मानिसमा यो अध्ययनको नतिजा पुरा नआईसकेको जनाउँदै महको सेवन नगर्न बताउँदै आएका छन् ।यसैगरी ल्यावमा गरिएको अध्ययनमा क्यान्सर र मुटुरोगको लागि पनि मह प्रभावकारी रहने भेटिएको भएपनि यसलार्य मानिसमा परीक्षण गर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *