Viral Entertainment From All Over

यस्तो चमत्कारीक उपाय : नङ हेरेर थाहा पाइन्छ शरीर भित्रका सबै रोगको संकेत !

एजेन्सी । हुन त कतिपय रोगहरु अनेकौँ परीक्षण गर्दा समेत थाहा हुन्न । तर धेरै रोगको लक्षण भने मानिसको नङ हेरेर थाहा पाउन सकिन्छ । नङले मानिसको स्वास्थ्यको स्थिति पनि बताउँछन् । नङको रङ र आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत हुनुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ । यो वैज्ञानिक रुपमा नै प्रमाणित भएको विषय हो । यसैले सचेत हुन जरुरी छ । तपाईले अहिले नै नङ हेर्न जरुरी छ । यी लक्षण छन् भने तपाई तत्काल चिकित्सक समक्ष पुग्नुहोला ।
१, नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
२, नङको फेदमा अर्धचन्द्र हुन्छ ,यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
३, नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
४, नङ धेरै सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्रमण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको समस्याको संकेत हो ।
यो सबै मानिसका लागि अति जरुरी स्वास्थ्य सम्बन्धि ज्ञान भएकाले सेयर गर्न नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *