Viral Entertainment From All Over

यस कारण आफ्नै आमाले रद्द गराइन छोरीको प्रेम बिवाह

प्राप्त जानकारी अनुसार एक प्रेम जोडिको बिछोड भएको छ । जाजरकोटमा एक आमाले नै आफ्नी छोरीको प्रेम विवाह रद्द गरेकी छन् । छेडागाड नगरपालिका ९ मा कल्पना रोकायले आफ्नी छोरी १६ वर्षीया राधिकाले गर्न लागेको प्रेम विवाहलाई रद्द गरेकी हुन् । कल्पनाले वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि राधिकाको विवाह रद्द भएको हो । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत राधिका कोहलपुर नगरपालिका ८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुर पुगेकी थिइन्।

सामान खरिदका लागि स्थानीय थलह बजार पुगेकी राधिकाले भागेर प्रेमसँग बिहे गरेकी थिइन् । तर, उमेर नपुग्दै छोरीले बिहे गरेको भन्दै कल्पनाले बालविवाह रद्द गराई छोरीलाई फिर्ता ल्याइदिन आग्रह गर्दै वडामा निवेदन दिएपछि उनको विवाह रद्द भएको हो ।

निवेदन दिएलगत्तै वडा अध्यक्ष गोपाल नेपाली, वडा बालसंरक्षण समिति, प्रहरीको सक्रियतामा यही भदौ १३ मा उक्त बालविवाह रद्द गदै आफन्तको जिम्मा लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *