Viral Entertainment From All Over

राति सुतेको समयमा घर भाँचिदा संगै सुतिरहेका एकै परिवारका ६ जना मध्य पाँचको मृत्यु १ घाइते

सल्यान। भदौ १३ – सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मंगलबार राती ९ बजे घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका छ जना मध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।

यस्तै छोरीद्वय ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

परिवारसँगै सुतेकी ११ वर्षीया छोरी सुनिता बिक भने घाईते भएकी छिन् । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।रारास

Leave a Reply

Your email address will not be published. Required fields are marked *