Viral Entertainment From All Over

विदेशमा नेपाली युवा अलपत्र पार्ने मेनपावर र एजेन्टलाई काराबाही गर्न सांसद गिरीको माग

बिबि खराल/काठमाडौं । प्रतिनिधिसभाका सदस्य सरिता गिरीले विदेशी भूमिमा रोजगारको सिलसिलामा पठाई अलपत्र पार्ने मेनपावर र तिनका एजेन्टलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकार समक्ष माग गरेकी छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हजारौँ युवालाई विभिन्न मेनपावर र एजेन्टले विदेशी भूमिमा अलपत्र पारेको भन्दै तिनलाई काराबाहीमा ल्याउन सरकार समक्ष माग गरेकी हुन् । उनले उनीहरुलाई तत्काल उद्दार गरी क्षतिपूर्ति दिलाउन समेत माग गरेकी छिन् । सांसद गिरिले खाडी मुलुक कतारमा भइरहेको मानव तस्कको गिरोह नियन्त्रणमा नआएको भनदै कतारका राजदुत र सचिब मणि रत्न शर्मालाइ कडा कारबाही गर्न समेत माग गरेकी छिन् । करिब दुई महिना अगाडि कतार गएका १० जना नेपालीहरु र कतारको शैलियामा रहेका अलपत्र आजाद भिसामा गएका नेपालीहरु अलपत्र परेर दूतावासमा गुहार माग्न जादा पनि न्याय नगरेको र एजेन्टलाई कारबाही नभएको गुनासोपछि उनले सदनमा कुरा उठाएकी हुन् ।लामो समय देखि प्रबासको समस्यामा सरकार र सदन दुबै मौन रहेका बेला मजदुरहरुबारे सदनमा गिरीले कुरा उठाएपछि प्रवासका नेपालीहरुले उनलाई धन्यवाद दिएका छन् ।मेनपावरहरु राइट ओए इन्टर प्राइजेज, गौरीशंकर ,एक्सिस एच आर, गोल्डेन मेनपावर, शाहिन मेनपावर बोल्ड मेनपावर बाट दुई महिना अगाडि कतार गएका १० जना शुरेश सेन, मदन सेन, हिरा बिक, अमर सिह नेपाली, अर्जुन नेपाली, सन्दीप बिक, सोम गुरुङ, कर्ण वीर थापा, गोबिन्द राना र पान बहादुर बिक दुई लाख तिरेर कतार गएका थिए ।तर कतार पुगेपछि उनीहरुलाई कोठामा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *