Viral Entertainment From All Over

विप्लवको कानमा पुगेको त्यो सुचना, जसले प्रकाण्डलाई ‘काण्डै–काण्ड’ मा तानिरहेको छ

काठमाडौं । कुनै समय यस्तो थियो, नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय तहका नेताको त कुरै छाडौँ, जिल्ला तहका कसैलाई सरकारले गिरफ्ता गरेको खण्डमा नेपाल बन्द भइहाल्थ्यो । अन्य आन्दोलन त के–के हुन्थ्यो, हुन्थ्यो ।पार्टीका कुनै पनि नेता पक्राउ पर्दा विज्ञप्ति निकालेर बन्द वा अन्य विरोधका कार्यक्रम सार्वजनिक गर्ने जिम्मेवारी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको थियो । प्रवक्ता भएपछि त्यति काम त गर्नैपर्यो ।तर, तिनै प्रवक्ता प्रकाण्ड महिनौँदेखि काण्डै–काण्डमा सरकारले विभिन्न जिल्लामा घुमाइरहेका छन् । विप्लवले त्यसका विरुद्ध एउटा विज्ञप्ति त निकाले, एकदिन बन्दको पनि आयोजना पनि भयो, त्यसपछि केही भएको छैन ।आखिर किन विप्लवले प्रकाण्डको यो काण्डलाई ‘सिरियसली’ लिएका छैनन् त ? हामीले यही विषयको पेरिफेरिमा रहेर वास्तविकता खोज्ने प्रयास गरेका छौँ ।
प्रकाण्डको तयारी, जुन विप्लवको कानमा पुग्यो
सुचना सम्प्रेषण र कार्यकर्तासँगको जनसम्पर्कमा राम्रै प्रभाव जमाएका प्रकाण्डले पछिल्लो समय विप्लवसँग केही राजनैतिक कार्यदिशा र रणनैतिक क्रियाकलाप्रति असहमति जनाएका थिए । स्रोतका अनुसार विप्लवसँग प्रकाण्डले ३ पटकभन्दा बढी विभिन्न विषयमा एक्लाएक्लै र सामुहिक रुपमा असहमति राखेका थिए ।आफ्नो कुराको सुनुवाई नभएपछि प्रकाण्ड आआफ्नो तहमा कार्यकर्ता खटाउँदै आफू निस्क्रिय जस्तै गरी बसिरहेका थिए । आफ्ना विश्वस्त पात्रहरुसँग उनले कि आक्रमक ढंगबाट अगाडि बढ्नुपर्ने कि त पार्टीमा विद्रोह गर्नुपर्ने बेला आएको भन्दै छलफल चलाइरहेका थिए । प्रकाण्डको चाहना विप्लवसँगै मिलेर अघि बढ्ने थियो, तर त्यसो नभएको खण्डमा विद्रोह गर्ने मुडमा उनी पुगिसकेका थिए ।प्रकाण्डले विद्रोह गर्नेसम्मको मुड बनाएको सुनेपछि विप्लवले पनि बोलाएर प्रकाण्डसँग छलफल गरेको बताइन्छ । तर, प्रकाण्ड र विप्लवको त्यो भेट सौहार्दपूर्ण भएन । आफू निकटका कार्यकर्तालाई माइनस गर्दै अगाडि बढेकोप्रति प्रकाण्डले आक्रोश पोखे । विप्लवले रेस्पोन्स गरेजस्तो गरेनन् । लगत्तै प्रकाण्डले अब विद्रोह गर्ने भन्दै आफू निकटकासँग छलफल थाले ।
पार्टीबाट प्रकाण्डले विद्रोह गर्न लागेको सुनेपछि विप्लवकै योजनामा अहिले प्रकाण्डलाई विभिन्न जिल्ला घुमाइरहेको विश्वस्त स्रोतले बतायो । विप्लव नेतृत्वको पार्टीमै रहेका एकजना केन्द्रीय सदस्य भन्छन्, ‘पार्टीमा विद्रोह गर्ने डरले महासचिव कमरेडले नै उहाँलाई यसरी विभिन्न जिल्लामा घुमाइरहनुभएको छ, महासचिवज्युले चाहनुभएको खण्डमा तुरुन्तै उहाँ छुट्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *