Viral Entertainment From All Over

विहे भएकाे दुर्इ वर्षपछि यी श्रीमतिले टोकिन् श्रीमानकाे आधा जिब्रो !

काठमाडौं , ७ असाेज (एजेन्सी) : विहे भएकाे दुर्इ वर्षपछि यी श्रीमतिले श्रीमान आधा जिब्रो टोकि दिएपछि अस्पातल भर्ना भएका छन्। आठ महिनाकी गर्भवती श्रीमतीले भारतका २२ वर्षे श्रीमानकाे जिब्रो टोकिदिँदा लगभग आधा जिब्रो गुमाएका छन् । यसबारे पुलिसले आइतबार जानकारी दिएको छ । घटना दिल्लीको रानहोलमा शनिबार राति भएको पुलिसले बताएको छ । स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन् ।

पुलिसले पनि स्ट्रिट आर्टिस्ट ती व्यक्तिको आफ्नी श्रीमतीसँग कुरा नमिल्ने भएकाले बारम्बार झगडा भइरहने जानकारी दिएको छ ।पुलिसका अनुसार शनिबार राती पनि यी दुईको झगडा भएको थियो र पछि कुरा मिलेपछि चुम्बन गर्दा श्रीमतीले लगभग आधा जिब्रो नै टोकिदिइन् । यसबारे पीडितका बुवाले पुलिसलाई जानकारी दिएका हुन् ।

ती व्यक्तिको सफ्दारजंग हस्पिटलमा उपचार भइरहेको र उनले अब बोल्न सक्छन् कि सक्दैनन् भन्ने बारे अहिले नै भन्न नसिकिने डाक्टरले बताएका छन् । ती महिलालाई पक्राउ गरिएको छ । यसका लागि उनलाई जन्मकैद हुनसक्ने पुलिसले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *