Viral Entertainment From All Over

श्रीमती माइत गएकी बेला ७० वर्षीया वृद्धालाई बलात्कार

श्रीमती माइत गएकी बेला ७० वर्षीया वृद्धालाई बलात्कार
पोखरा । पोखरामा एक ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका– ३१ नहरचोककी ७० वृद्धा बलात्कृत भएकी हुन् ।
प्रहरीमा दिइएको किटानी जाहेरीमा ४५ वर्षीय रेवतीरमण पाण्डेलाई बलात्कारको आरोप लगाइएको छ । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ ।
श्रीमती माइत गएका बेला रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे आफ्नै घरकै कोठामा थुनेर बलात्कार गरेको आरोप लगाइएको छ । वृद्धा र पाण्डे एउटै घरमा फरक फरक कोठामा बस्दै आएका थिए ।
वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला पाण्डले ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । त्यसपछि छोरा फर्केर आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो । पछि छोराले ढोका खोले पिट्न थालेपछि पाण्डे साइलक चढेर भागेका थिए ।
प्रहरीकाअनुसार वृद्धामाथि बलात्कारको प्रयास भएको हो वा बलात्कार नै भएको हो यसबारे अनुसन्धान भइरहेको छ । फरार पाण्डको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *