Viral Entertainment From All Over

१३ वर्ष पुरानो भविष्यवाणी साँचो भएपछि बलिउड नायिका प्रियंका परिन् दंग

काठमाडौं,८ भदाैँ (एजेन्सी) : १३ वर्ष पुरानो भविष्यवाणी साँचो भएपछि बलिउड नायिका प्रियंका दंग परेकी छन्। प्रियंकाले अमेरिकी गायक निक जोनससँग अगस्ट १८ तरिखमा इन्गेजमेन्ट गरेपछि उनकाे भविष्यवाणी सत प्रतिशत साँचो भएपछि उनी धेरै नै हर्षित देखिएकी छन्।

प्रियंकाको इन्गेजमेन्टले पछिल्ला दिनमा बी–टाउनमा सबैभन्दा धेरै चर्चा बटुल्न सफल भयो । त्यतिबेला भारतीय मिडियामा प्रियंका चोपडाको विवाहबारे एउटा भविष्यवाणीको चर्चा भइरहेको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार चर्चित ज्योतिषी संजय बी जुमानीले १३ वर्ष अघि सन् २००५ मा प्रियंकाले ३६ वर्षको उमेरमा विवाह गर्ने बताएका थिए । जुमानी बलिउड सेलिब्रिटीबीच सबैभन्दा चर्चित ज्योतिष हुन् ।

रिपोर्टका अनुसार प्रियंकाको ३६ औं जन्मदिनमा निक जोनसले उनलाई विवाहको प्रस्ताव गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *