Viral Entertainment From All Over

१८ वर्षमै बिहे नगरी गर्भवती हुने युवतीको संसारभर प्रशंशा, यस्तो छ तारिफ गर्नुको कारण

एजेन्सी। अमेरिकाको अलास्काकी एक युवती १८ वर्षको उमेरमा गर्भवती भइन् । त्यतिबेला उनी हाइस्कुल पढ्दै थिइन् । आफ्नो गर्भ रहेको थाहा पाएपछि उनले गर्भपतन नगरी त्यो बच्चालाई जन्माउने फैसला गरिन् । उनले आफूले जन्माएको बच्चा सन्तान नभएका कुनै परिवारलाई दिने सोच बनाएकी थिइन् । बच्चा जन्मिएपछि सुरुका केही महिना उनले आफ्नै दूध खुवाउने निर्णय पनि गरेकी थिइन् । उनले बच्चा जन्माएपछि आफ्नै दूध खुवाइन् र बढी भएको दूध एक मिल्क बैंकलाई दान गरिन् । यो फैसलाले उनी निकै चर्चामा आइन्

कलीना पाइशर गर्भवती हुँदा हाइस्कुलको अन्तिममा थिइन् । गर्भावस्थाका चौथो महिनामा उनी उक परिवारको सम्पर्कमा आइन् जसले त्यो बच्चा लिन चाहन्थे । कलीनालाई लाग्यो कि बच्चाको लागि यो परिवार एकदम ठिक छ । कलीनाले त्यसपछि त्यो परिवारसँग दैनिकजसो कुरा गर्थिन्, आफ्नो अल्ट्रासाउण्डको फोटोहरु पठाउँथिन् । ७ महिनापछि कलीनाले यो परिवारसँग भनिन् कि आफ्नो बच्चालाई आफ्नै दूध खुवाउन चाहन्छिन् । अस्पतालमा बच्चा जन्मिएपछि केही दिनसम्म आफैंले दूध खुवाउने र त्यसपछि आफ्नो दूध पम्प गरी निकालेर प्याक गरी त्यो परिवारसम्म पठाउने उनले प्रस्ताव गरिन् ।

परिवारले कलिनाको कुरा माने । त्यसपछि कलीनाले नियमित आफ्नी छोरी रायलीलाई आफ्नै दूध पठाउन थालिन् । यसले गर्दा कलीना त्यो परिवारको पनि निकै नजिक भइन् । कलीनाको दूध प्रशस्त थियो । रायलीलाई पुग्ने दूध पठाएपछि बढी भएको दूध उनले सधैं कोलोराडोको एक मिल्क बैंकमा दिन्थिन् । यो बैंकमा जम्मा भएको दूध अस्पतालमा इन्सेन्टिभ केयरमा राखिएका नवजात बच्चाहरुलाई पठाइन्थ्यो । कलीनाको यो फैसलाका कारण उनी निकै चर्चित भइन् । मानिसहरुले उनको यो फैसलाको प्रशंशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *